728x90-sample.png

घोराहीको लक्ष्मीपुरमा जिएममाथि सामुहिक आक्रमण, अभियुक्तहरु फरार !

Share

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on reddit
Reddit
Share on whatsapp
WhatsApp

दाङ, ९ कार्तिक । दाङमा एक व्यक्तिमाथि सामुहिक कुटपिट भएको जिल्ला प्रहरि कार्यालय दाङले जनाएको छ ।

घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुर निवासी बामदेव जीएममाथि गएराती ८÷१० जनाको नचिनेका समुहको आक्रमणबाट सामुहिक आक्रमण गरेर कुटपिट गरेको हो । जिल्ला प्रहरि प्रमुख एसपि गणेश चन्दले घटनाको अनुसन्धान भइरहेको र घटनामा सलग्न खोजी कार्य तिब्र पारीएको जानकारी दिए । घटनामा सलग्न दोषिहरु कतैबाट उम्कन नपाउने र उनिहरुको खोजि कार्य ब्यापक पारीएको उनले बताए ।

घर पुगेपछि घरमा मोटरसाइकल राख्ने क्रममा मोटरसाइकलमा आएको समुहले उहाँमाथि आक्रमण गरेको परिवारले जनाएको छ । उहाँलाई मदिरा सेवन गरेर आएको समुहले घरेलु हतियार प्रहार गरी घाइते बनाएको हो । उहाँको टाउकोमा गम्भिर चोट लागेको छ । नचिनेका समुहको आक्रमणबाट गम्भिर घाइते उहाँको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँमाथि आक्रमण गर्ने समुहको खोजि गरी तत्काल पक्राउ गरि कार्बाही गर्न परिवारले माग गरेको छ ।

जिल्ला प्रहरि प्रबक्ता तथा डिएसपि सुमित खड्काले घटनाको बारेमा अनुसन्धान भइरहेको र घटनामा सलग्नहरुको पहिचान गरेर प्रहरिलाइ पक्राउ गर्न पनि प्रहरि टाेलि खटाइएको बताए । उनले झगडाको कारण मापसे नै देखिएको पनि जानकारी दिए । ` झगडाको कारण मापसे नै देखिन्छ, घटनाको बारेमा बुझेर घटनाहरुमा सलग्नहरुलाई पक्राउ गर्न प्रहरि परिचालन गरिएको छ, जाहेरिसहित आए कानुनि कारबाही गर्छौ- डिएसपि खड्काले भने । घाइते जिएम कांग्रेस निकट बिपि युबा संगठनका नेता पनि हुन ।

राप्ती प्रतिष्ठानमा नसा खुम्चिएकि ७५ बर्षिय बृद्धा बिरामीको सफल अप्रेसन !

दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा डल्ला परेका नसाहरुको सफल अप्रेसन गरिएको छ । घोराहीकि ७५ बर्षिय एक बृद्धाको खुट्टाको भागमा नसा डल्लो परेर बिरामी भएपछि त्यसको शल्यकृया गरिएको हो । प्रतिष्ठानका चिकित्सक सर्जन डा. विशाल आचार्य र बिर हस्पिटल काम गरिसकेका सर्जन डा. रबि आचार्य नेतृत्वको नर्श, एनेस्थेसियासहितको स्वास्थ्यकर्मिको...

एमालेमा फर्केपछि दाङका मेटमणि चौधरि र हिराचन्द्र केसिले भने- ओलि प्रबृत्ति विरुद्ध डटेर लड्छौ !

घोराही । दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तत्कालीन एमालेका मेटमणी चौधरी माधबकुमार नेपालका निकटस्थ सांस्द हुन् । नेकपामा आएको बैचारिक बिभाजन पश्चात चौधरी दाङमा केपी शर्मा ओलीका सबै भन्दा ठूला आलोचक बने । केपी ओली समूहसंगको सम्बन्धै समाप्त भैसकेको बताउँदै आएका सांसद चौधरी लाई पुनः उनै ओलीसंगै...

दाङमा प्रहरीको विद्यार्थी लक्षित चेकजाँच अभियान सुरू

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले कलेज पढ्न आउने विद्यार्थी लक्षित चेकजाँच अभियान सुरू गरेको छ ।  दाङ जिल्लामा दुर्घटना न्यूनिकरणका लागि विद्यार्थीहरूलाई लक्षित एम्वुसिङ अभियान सञ्चालन गरिएको हो । दुर्घटनाको दरमा वृद्धि हुन नदिन र चालक अनुमतिपत्रविना सवारी साधन चलाउने विभिन्न कलेज क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूलाई चेकजाँच गर्न लागिएको जिल्ला...

दाङमा ओलि समुहले पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राख्यो !

दाङ, २४ फागुन । सर्वाेच्च अदालतको फैसलापछि उत्साहित बनेको नेकपा ओली समूहका कार्यकर्ताले लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला दाङमा नेकपा एमालेको कार्यालय स्थापना गरेका छन् । सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि सोमबार नेकपा ओलि समुहकि केन्द्रिय सदस्य मेनका पोखरेल र सो समुहका जिल्ला अध्यक्ष...

प्रधानमन्त्री कुन पार्टीको भनेर सोधेपछि भिम रावललाई शंकर पोख्रेलको कडा जवाफ

दाङ- सांसद भीम रावलले संसदमा ‘प्रधानमन्त्री कुन पार्टीको’ भनेर सोधेको प्रश्नमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले कडा जवाफ फर्काएका छन । उनले सामाजीक सन्जाल फेसबुकमा लेख्दै भनेका छन-`सम्मानित सर्वोच्च अदालतले प्रधानमन्त्री चयन हुदाको अवस्थातर्फ नै फर्काएको हुदा प्रधानमन्त्री कुन पार्टीको भनेर सोधीरहनै परेन ।´ Related posts: जटिल खाले सबैजसो अप्रेसन...

पढ्नु नबिर्सिनुहोला