728x90-sample.png

चाडपर्व मनाउँदा विशेष सतर्कता अपनाऔं: अध्यक्ष राना

Share

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on reddit
Reddit
Share on whatsapp
WhatsApp

दाङ, कार्तिक ८ । निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बलिभद्र रानाले नेपालीहरुको ठूलो चाड बडादशैंको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख,शान्ति,समृद्धि, सुस्वास्थ्य,दीर्घायु एंव उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । आज जारी गरिएको शुभकामना सन्देशमा अध्यक्ष रानाले चाडपर्वहरु सामाजिक एकता र सदभावका मियो भएको बताउँदै हाम्रो मौलिक संस्कृति र परम्परालाई समृद्ध बनाउँदै लैजान आग्रह गर्नुभएको छ ।

यो वर्ष मानव जाति कोरोना महामारीसंग जुझिरहेको सन्दर्भमा अध्यक्ष रानाले चाडपर्व मनाउँदा स्वास्थ्य सम्बन्धी सुरक्षा मापदण्ड अपनाउन आग्रह गर्दै एकाघर परिवारका सदस्यबीच मात्र पर्व मनाउन जोड दिनु भएको छ ।
“अहिलेको हाम्रो प्राथमिकता कोरोना नियन्त्रण हो । समुदायमा कोरोना संक्रमण बढिरहेको यो समयमा चाडपर्व मनाउने नाममा हामीहरुले कुनै किसिमको लापरबाही गर्नु हुँदैन । यो सवालमा सबै सचेत र गंभीर बन्न जरुरी छ । चाडपर्व मनाउँदा विशेष सतर्कता अपनाऔं । ” शुभकामना सन्देशमा अध्यक्ष रानाले उल्लेख गर्नु भएको छ ।

राप्ती प्रतिष्ठानमा नसा खुम्चिएकि ७५ बर्षिय बृद्धा बिरामीको सफल अप्रेसन !

दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा डल्ला परेका नसाहरुको सफल अप्रेसन गरिएको छ । घोराहीकि ७५ बर्षिय एक बृद्धाको खुट्टाको भागमा नसा डल्लो परेर बिरामी भएपछि त्यसको शल्यकृया गरिएको हो । प्रतिष्ठानका चिकित्सक सर्जन डा. विशाल आचार्य र बिर हस्पिटल काम गरिसकेका सर्जन डा. रबि आचार्य नेतृत्वको नर्श, एनेस्थेसियासहितको स्वास्थ्यकर्मिको...

एमालेमा फर्केपछि दाङका मेटमणि चौधरि र हिराचन्द्र केसिले भने- ओलि प्रबृत्ति विरुद्ध डटेर लड्छौ !

घोराही । दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तत्कालीन एमालेका मेटमणी चौधरी माधबकुमार नेपालका निकटस्थ सांस्द हुन् । नेकपामा आएको बैचारिक बिभाजन पश्चात चौधरी दाङमा केपी शर्मा ओलीका सबै भन्दा ठूला आलोचक बने । केपी ओली समूहसंगको सम्बन्धै समाप्त भैसकेको बताउँदै आएका सांसद चौधरी लाई पुनः उनै ओलीसंगै...

दाङमा प्रहरीको विद्यार्थी लक्षित चेकजाँच अभियान सुरू

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले कलेज पढ्न आउने विद्यार्थी लक्षित चेकजाँच अभियान सुरू गरेको छ ।  दाङ जिल्लामा दुर्घटना न्यूनिकरणका लागि विद्यार्थीहरूलाई लक्षित एम्वुसिङ अभियान सञ्चालन गरिएको हो । दुर्घटनाको दरमा वृद्धि हुन नदिन र चालक अनुमतिपत्रविना सवारी साधन चलाउने विभिन्न कलेज क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूलाई चेकजाँच गर्न लागिएको जिल्ला...

दाङमा ओलि समुहले पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राख्यो !

दाङ, २४ फागुन । सर्वाेच्च अदालतको फैसलापछि उत्साहित बनेको नेकपा ओली समूहका कार्यकर्ताले लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला दाङमा नेकपा एमालेको कार्यालय स्थापना गरेका छन् । सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि सोमबार नेकपा ओलि समुहकि केन्द्रिय सदस्य मेनका पोखरेल र सो समुहका जिल्ला अध्यक्ष...

प्रधानमन्त्री कुन पार्टीको भनेर सोधेपछि भिम रावललाई शंकर पोख्रेलको कडा जवाफ

दाङ- सांसद भीम रावलले संसदमा ‘प्रधानमन्त्री कुन पार्टीको’ भनेर सोधेको प्रश्नमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले कडा जवाफ फर्काएका छन । उनले सामाजीक सन्जाल फेसबुकमा लेख्दै भनेका छन-`सम्मानित सर्वोच्च अदालतले प्रधानमन्त्री चयन हुदाको अवस्थातर्फ नै फर्काएको हुदा प्रधानमन्त्री कुन पार्टीको भनेर सोधीरहनै परेन ।´ Related posts: जटिल खाले सबैजसो अप्रेसन...

पढ्नु नबिर्सिनुहोला