728x90-sample.png

जटिल खाले सबैजसो अप्रेसन गर्न निजि अस्पतालले बनाए प्रतिष्ठानमा बिरामि रिफरल सेन्टर

Share

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on reddit
Reddit
Share on whatsapp
WhatsApp

प्रतिष्ठानमा चैतदेखि विएससी नर्सिङ पढाइ

खेमराज रिजाल
दाङ, ९ असोज ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आउंदो चैत महिनादेखि विएससी नर्सिङको पढाइ सुरु हुने जनाएको छ । प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानले सो कुराको जानकारी दिएको हो । अहिले प्रतिष्ठानबाट बाहीर अस्पतालमा रिफर हुने बिरामीको सख्या अघिल्लो बर्षको तुलनामा यस बर्ष घटेेको छ । अघिल्लो बर्ष मात्रै २ सय ५७ जना रिफर भएकोमा त्यो घटेर आर्थीक बर्ष २०७६/०७७ मा ४७ जना मात्रेै रिफर  भए । बिरामी रिफर हुनेक्रम घटाउनेमा आफुहरु रहेको प्रतिष्ठानको दाबी छ। प्रतिष्ठानले बिगतको तुलनामा अहिले निजि अस्पतालबाट बिरामी अप्रेसनका लागि प्रतिष्ठानमा आइरहेको दाबी गरेको छ । निजि अस्पतालले आफुलाइ जटिल लाग्ने धेरै अप्रेसन प्रतिष्ठानमा पठाउदै आएको भन्दै अहिले बिरामी आफै पनि चेकअप निजि अस्पताल वा क्लिनकमा गराएपनि अप्रेसन गर्न प्रतिष्ठानमा आइरहेको जानकारी दिए । प्रतिष्ठान अब स्वास्थ्यकर्मि र चिकित्सकका लागि आकर्षणको केन्द्रबिन्दु बन्दै गएको भन्दै बिरामीको रिफर सख्या घटाइ निजि अस्पतालबाट बिरामी उपचारका लागि रिफरल सेन्टर बनाउन लागि परेको अस्पताल निर्देशक डा. सागर पन्थिले बताए ।

थै सकेसम्म आइएससी नर्सिङ कक्षा पनि चैतदेखिनै थाल्ने तयारी पनि प्रतिष्ठानले गरेको छ ।

ad
‘विएससी नर्सिङको करीकुलम निर्माणदेखि भौतिक पुर्वाधार निर्माण समेतका काम सम्पन्न भैसकेका छन्, अव लकडाउन भनेर रोकिने छैनौं’—प्रतिष्ठानका उपकुलपति प्रा डा संगिता भण्डारीले पत्रकार सम्मेलनमा भनिन् । प्रतिष्ठानले अघिल्लो बार्षिकोत्सवमा पनि गत चैतदेखिनै यो विषयको पढाइ थाल्ने अभिव्यक्ति दिएको थियो । यद्धपि चर्को लकडाउनका कारण पढाइको काम सुरु हुन सकेको थिएन ।

त्यसैगरी पत्रकार सम्मेलनमा उपकुलपति भण्डारीले एमविविएस कक्षा सन्चालनकालागी पनि प्रतिष्ठान अघि बढिरहेको भन्दै राज्यले ३ सय वेडको अस्पताल बनाउन बजेट विनियोजन गरेको खण्डमा केहि बर्षभित्रै एमविविएस र एमडि कक्षा समेत सन्चालन गर्ने बताइन् । एमविविएस र एमडि कक्षा सन्चालनकालागी भौतिक निर्माणकालागी आवस्यक पर्ने जग्गा प्राप्तीकालागी पनि पहल भैरहेको बताउंदै घोराहीको नवलपुर र झिंग्नीमा रहेका जग्गा प्राप्तीकालागी फाइल मन्त्रालयमा पुगीसकेको पनि पत्रकार सम्मेलनमा प्राडा भण्डारीले उल्लेख गरीन् ।

सोहि अवसरमा उपकुलपति भण्डारीले स्तरीय एवं विशेषाज्ञ स्वास्थ्यसेवामा प्रतिष्ठान प्रतिवद्ध रहेको भन्दै अत्याधुनिक प्रयोगशाला, आइसियु सेवा(छोटो अवधिकालागी), स्तरीय अपे्रशन थिएटर निर्माण लगायतका पैसा नहुने विपन्न विरामीहरुलाइ निशुल्क औषधि सहितको उपचारसेवा प्रदान गर्न समेत प्रतिष्ठान प्रतिवद्ध रहेको बताइन् । आइसियु सेवाका सन्दर्भमा केहि प्रश्नहरु उठिरहेको उल्लेख गर्दै उनले अव अक्सिजन प्लान्ट निर्माण सम्पन्न र्भैसकेपछि निकट भविस्यमै आइसियु सेवा नियमित रुपमा सन्चालन गर्ने पनि बताइन् ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका निर्देशक डा सागर पन्थीले प्रतिष्ठानले आर्थिक बर्ष २०७६÷७७ मा प्रदान गरेका सेवाका विषयमा जानकारी गराएका थिए । उनले यस अवधिमा इमर्जेनसी सेवा, वहिरंग सेवा, अन्तरंग सेवा, सुत्केरी सेवा, शल्यक्रिया सेवा, रेफरल, प्रयोगशाला, डट्स्, एआरटि, डायलायसीस, पोषण, सामाजिक सेवा इकाइ मार्फत निशुल्क सेवा तथा एकद्धार संकट व्यवस्थापन केन्द्रद्धारा दिइएका सेवाहरुको विवरण तथ्यांकसहित प्रस्तुत गरेका थिए ।

साथै कोभिड—१९का सन्दर्भमा बैसाखदेखि पहिलो ५ हप्तामै कम्तिमा १५ हजारको पिसिआर परीक्षण भएको र हालसम्म २४ हजार ४ सय ८९ जनाको पिसिआर परीक्षण भएको उल्लेख गरिएको थियो । जसमा नेगेटिभ रिपोर्टको संख्या २१ हजार १ सय ३ र पोजेटिभ रिपोर्टको संख्या १ हजार ३ सय ८६ रहेको उल्लेख गरीयो । त्यस्तै आइशोलेशनमा ४३ जना विरामीको उपचार तथा क्वारेन्टाइनमा राखेर १ सय जनाको उपचार तथा फिवर क्लिनिकमा ६ सय २७ जनाको उपचारसेवा गरीएको उल्लेख गरिएको थियो ।

निर्देशक पन्थीले प्रतिष्ठानले ल्याप्रोस्कोपि मेसीनद्धारा पित्तथैलिको पत्थरीको शल्यक्रिया, इकोकार्डियोग्राफि, एसएनसियु, पिआइसियु, विरामीको सुरक्षालाइ ध्यानमा राखि सिसिक्यामेरा जडान लगायतका सेवाहरु विस्तार गरीसकेको उल्लेखगर्दै चांडै सिटिस्क्यान सेवा तथा निकट भविस्यमा एमआरआइ सेवा समेत उपलव्ध गराउने तयारी गरीरहेको बताए । त्यसैगरी भौतिक संरचना निर्माण तर्फ अस्पतालमा लिफ्ट सेवा, अत्याधुनिक मेसीन जडानगरी कपडाहरु धुने तथा निर्मलीकरण गर्ने गरीएको उल्लेख गरिएको छ ।
प्रतिष्ठानका भावि योजनामा १२८ स्लाइसको सिटिस्क्यान मेसिन जडानगरी दुइ महिनाभित्रै सिटिस्क्यान सेवा प्रदान गरीने, न्युरो तथा स्पाइन सर्जरीसेवा, दुरवीन प्रविधिमार्फत घुडा र कुमको शल्यक्रिया, युरो सर्जरी सेवा, आधुनिक मेसीन मार्फत नाक, कान र घांटिको शल्यक्रिया, दुइमहिना भित्र आधुनिक मेसीनबाट पिनासको शल्यक्रिया, कान नसुन्नेहरुकालागी अडियोकोलोजी, इन्डोस्कोपी सेवा, ब्रोन्कोस्कोपी मेसिनद्धारा घाटिमा अड्किएको हाडको शल्यक्रिया गरीने पनि प्रतिष्ठानले जनाएको छ । त्यसकालागी विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग पनि सहयोगकालागी आवस्यक परामर्श भैरहेको बताइएको छ ।

पत्रकार अन्तरक्रिया कार्यक्रममा अस्पतालका डिन डा बशन्त लामीछानेले अस्पतालको एकेडमीक कक्षा सन्चालनको तयारीका विषयमा जानकारी दिंदै प्रसुती सेवामा एकजना मात्रै चिकित्सक भएपनि महिला तथा गर्भवतीलाइ उपचारविना घरफर्कनु नपरेको बताएका थिए । त्यसकालागी विएससी नर्सिङ अध्ययनकालागी पढाइकक्षको भौतिक निर्माण तथा पाठ्यक्रम निर्माणको काम सम्पन्न भैसकेको पनि डिन लामीछानेले बताएका छन् । प्रसुतीरोग विशेषज्ञ समेत रहेका डा लामीछानेले प्रसुती सेवा नपाएर सायद कुनैपनि विरामी अस्पतालबाट फर्कनु नपरेको उल्लेखगर्दै थप एक जना प्रसुतीरोग विशेषज्ञ राख्ने तयारी भैरहेको पनि बताए ।

दोस्रो वार्षिकोत्सवका अवसरमा प्रतिष्ठानले बृक्षारोपडा कार्यक्रम १० गते शनीवार गर्ने जनाएको छ । त्यसैगरी आइतवार विहान ८ बजे वार्षिकोत्सवका उपलक्षमा रक्तदान कार्यक्रम तथा वार्णिकोत्सवका दिन १२ गते सोमवार निशुल्क ओपिडि सेवा झण्डोत्तोलन तथा उत्कृष्ठ स्वास्थ्यकर्मि एवं कर्मचारीलाइ पुरस्कृत गर्ने कार्यक्रम रहेको पनि पत्रकार सम्मेलनमा बताइएको छ ।

राप्ती प्रतिष्ठानमा नसा खुम्चिएकि ७५ बर्षिय बृद्धा बिरामीको सफल अप्रेसन !

दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा डल्ला परेका नसाहरुको सफल अप्रेसन गरिएको छ । घोराहीकि ७५ बर्षिय एक बृद्धाको खुट्टाको भागमा नसा डल्लो परेर बिरामी भएपछि त्यसको शल्यकृया गरिएको हो । प्रतिष्ठानका चिकित्सक सर्जन डा. विशाल आचार्य र बिर हस्पिटल काम गरिसकेका सर्जन डा. रबि आचार्य नेतृत्वको नर्श, एनेस्थेसियासहितको स्वास्थ्यकर्मिको...

एमालेमा फर्केपछि दाङका मेटमणि चौधरि र हिराचन्द्र केसिले भने- ओलि प्रबृत्ति विरुद्ध डटेर लड्छौ !

घोराही । दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तत्कालीन एमालेका मेटमणी चौधरी माधबकुमार नेपालका निकटस्थ सांस्द हुन् । नेकपामा आएको बैचारिक बिभाजन पश्चात चौधरी दाङमा केपी शर्मा ओलीका सबै भन्दा ठूला आलोचक बने । केपी ओली समूहसंगको सम्बन्धै समाप्त भैसकेको बताउँदै आएका सांसद चौधरी लाई पुनः उनै ओलीसंगै...

दाङमा प्रहरीको विद्यार्थी लक्षित चेकजाँच अभियान सुरू

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले कलेज पढ्न आउने विद्यार्थी लक्षित चेकजाँच अभियान सुरू गरेको छ ।  दाङ जिल्लामा दुर्घटना न्यूनिकरणका लागि विद्यार्थीहरूलाई लक्षित एम्वुसिङ अभियान सञ्चालन गरिएको हो । दुर्घटनाको दरमा वृद्धि हुन नदिन र चालक अनुमतिपत्रविना सवारी साधन चलाउने विभिन्न कलेज क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूलाई चेकजाँच गर्न लागिएको जिल्ला...

दाङमा ओलि समुहले पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राख्यो !

दाङ, २४ फागुन । सर्वाेच्च अदालतको फैसलापछि उत्साहित बनेको नेकपा ओली समूहका कार्यकर्ताले लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला दाङमा नेकपा एमालेको कार्यालय स्थापना गरेका छन् । सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि सोमबार नेकपा ओलि समुहकि केन्द्रिय सदस्य मेनका पोखरेल र सो समुहका जिल्ला अध्यक्ष...

प्रधानमन्त्री कुन पार्टीको भनेर सोधेपछि भिम रावललाई शंकर पोख्रेलको कडा जवाफ

दाङ- सांसद भीम रावलले संसदमा ‘प्रधानमन्त्री कुन पार्टीको’ भनेर सोधेको प्रश्नमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले कडा जवाफ फर्काएका छन । उनले सामाजीक सन्जाल फेसबुकमा लेख्दै भनेका छन-`सम्मानित सर्वोच्च अदालतले प्रधानमन्त्री चयन हुदाको अवस्थातर्फ नै फर्काएको हुदा प्रधानमन्त्री कुन पार्टीको भनेर सोधीरहनै परेन ।´ Related posts: जटिल खाले सबैजसो अप्रेसन...

पढ्नु नबिर्सिनुहोला