728x90-sample.png

दाङको विकास हामिले गर्यौ भन्नैपर्दैन, जनतालाई मुल्याङ्कन गर्न देउ-मुख्यमन्त्री पोखरेल

Share

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on reddit
Reddit
Share on whatsapp
WhatsApp

दाङ, साउन २१ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना महामारीको बेला राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले परिक्षण रोकेर अपराध गरेको टिप्पणि गरेका छन । दाङ जिल्ला सभाको चौथो जिल्ला सभाको घोराहीमा उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका पोखरेलले दुइ वटा पिसिआर मेसिन प्रदेश सरकारले उपलबध गराएको भएतापनि परिक्षण रोकेर ब्यापारीकरण खोज्नु राम्रो पक्ष नभएको तर्क गरे । मुख्यमन्त्री पोखरेलले प्रतिष्ठानले गरेको गलत कुराको आलोचना गर्न सक्नुपर्ने भन्दै एउटा सस्था चलाउन नसक्नेले अरु केहि आशा गर्न नसकिने ठोकुवा गरे ।

प्रतिष्ठानलाई परिक्षणका लागि आबश्यक सहयोग रकम उपलब्ध गराउने भनिरहेको बेला स्थानीय तहसग पैसाको बार्गेनिङ गरेर परिक्षण रोक्नु सरासर गलत भएको पनि बताए । प्रतिष्ठानले शिक्षण सिकाइ प्रकृया सुरु गर्नुपर्नेमा त्यो नगरेर आफ्नो क्षेत्राधिकार बाहीर रहेर काम गर्न खोजेकोमा आपत्ति जनाए । आफुले जिल्लाको धेरै बिकास गरेको भन्दै बिकासको मुल्याङ्कन गर्ने जिम्मा जनतालाइ दिनुपर्ने उनले बताए । उनले आउने चुनाबमा जनताको काम गरेर खुसिका साथ जाने बाताबरण बनाउने स्थानीय जनप्रतिनिधिलाई आग्रह गरे । जिल्लाको बिकासका लागि सबै एक ठाउमा आउनुको बिकल्प नरहेको बताउदै उनले उपलब्धीका सूचकहरु देखिने गरी बजेट खर्च गर्न निर्देशन दिए। मुख्यमन्त्री पोखरेलले नतिजामुखी र उपलब्धीका सूचकहरु देखिनेगरी बजेट खर्च निर्देशन दिए ।

सिंचाई र खानेपानीको दीगो व्यवस्थापनका लागि चुरे र भावर क्षेत्रमा जलाशय निर्माणलाई प्राथमिकता दिएर अघि बढ्नु पर्नेमा मुख्यमन्त्री पोखरेलले जोड दिए । साथै उनले पश्चीम दाङलाई स्वास्थ्यको क्षेत्रमा अघि बढाउन आफू योजनाबद्ध तरिकाले लाग्ने बताए ।

राप्ती प्रतिष्ठानमा नसा खुम्चिएकि ७५ बर्षिय बृद्धा बिरामीको सफल अप्रेसन !

दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा डल्ला परेका नसाहरुको सफल अप्रेसन गरिएको छ । घोराहीकि ७५ बर्षिय एक बृद्धाको खुट्टाको भागमा नसा डल्लो परेर बिरामी भएपछि त्यसको शल्यकृया गरिएको हो । प्रतिष्ठानका चिकित्सक सर्जन डा. विशाल आचार्य र बिर हस्पिटल काम गरिसकेका सर्जन डा. रबि आचार्य नेतृत्वको नर्श, एनेस्थेसियासहितको स्वास्थ्यकर्मिको...

एमालेमा फर्केपछि दाङका मेटमणि चौधरि र हिराचन्द्र केसिले भने- ओलि प्रबृत्ति विरुद्ध डटेर लड्छौ !

घोराही । दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तत्कालीन एमालेका मेटमणी चौधरी माधबकुमार नेपालका निकटस्थ सांस्द हुन् । नेकपामा आएको बैचारिक बिभाजन पश्चात चौधरी दाङमा केपी शर्मा ओलीका सबै भन्दा ठूला आलोचक बने । केपी ओली समूहसंगको सम्बन्धै समाप्त भैसकेको बताउँदै आएका सांसद चौधरी लाई पुनः उनै ओलीसंगै...

दाङमा प्रहरीको विद्यार्थी लक्षित चेकजाँच अभियान सुरू

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले कलेज पढ्न आउने विद्यार्थी लक्षित चेकजाँच अभियान सुरू गरेको छ ।  दाङ जिल्लामा दुर्घटना न्यूनिकरणका लागि विद्यार्थीहरूलाई लक्षित एम्वुसिङ अभियान सञ्चालन गरिएको हो । दुर्घटनाको दरमा वृद्धि हुन नदिन र चालक अनुमतिपत्रविना सवारी साधन चलाउने विभिन्न कलेज क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूलाई चेकजाँच गर्न लागिएको जिल्ला...

दाङमा ओलि समुहले पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राख्यो !

दाङ, २४ फागुन । सर्वाेच्च अदालतको फैसलापछि उत्साहित बनेको नेकपा ओली समूहका कार्यकर्ताले लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला दाङमा नेकपा एमालेको कार्यालय स्थापना गरेका छन् । सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि सोमबार नेकपा ओलि समुहकि केन्द्रिय सदस्य मेनका पोखरेल र सो समुहका जिल्ला अध्यक्ष...

प्रधानमन्त्री कुन पार्टीको भनेर सोधेपछि भिम रावललाई शंकर पोख्रेलको कडा जवाफ

दाङ- सांसद भीम रावलले संसदमा ‘प्रधानमन्त्री कुन पार्टीको’ भनेर सोधेको प्रश्नमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले कडा जवाफ फर्काएका छन । उनले सामाजीक सन्जाल फेसबुकमा लेख्दै भनेका छन-`सम्मानित सर्वोच्च अदालतले प्रधानमन्त्री चयन हुदाको अवस्थातर्फ नै फर्काएको हुदा प्रधानमन्त्री कुन पार्टीको भनेर सोधीरहनै परेन ।´ Related posts: जटिल खाले सबैजसो अप्रेसन...

पढ्नु नबिर्सिनुहोला