728x90-sample.png

रहेनन् प्रजातान्त्रिक अगुवा लोकमणि गिरी ! मुख्यमन्त्रिदेखि कांग्रेस नेताहरुद्वारा दुख ब्यक्त

Share

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on reddit
Reddit
Share on whatsapp
WhatsApp

कांग्रेस केन्द्रिय सदस्य दिपक गिरीलाई पितृ शोक
घोराही, फागुन २२ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीलाई पितृ शोक परेको छ । गिरीका पिता ८३ बर्षीय लोकमणि गिरीको शनिवार दिउँसो पौने २ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको हो ।

तुलसीपुरस्थित घरमै बस्दै आएका गिरी दिउँसो एकाएक बिरामी भएपछि अस्पताल भर्ना गरिएको थियो ।
आफन्त तथा प्रदेश सभा सदस्य शंकर गिरीले हृदयघात भएको जस्तै समस्या देखिएपछि गिरीलाई अस्पताल पु¥याइएको बताए । उनका अनुसार अस्पताल पु¥याएको केही बेरमै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

त्यसपूर्व उनलाई कुनैपनि खाले स्वास्थ्य समस्या नरहेको प्रदेश सभा सदस्य गिरीले बताए । स्वर्गिय गिरीकी ८० बर्षीया धर्मपत्नि छाँया र छोराहरु दीपक, छोरी रचना, छोरा, ज्वाला र ज्योति गिरी रहेका छन् । स्वर्गिय लोकमणिका बुवा बलभद्र गिरी बिक्रम संवत २०११ सालमै नेपाली काँग्रेसको तत्कालिन सल्लाहकार परिषदको सदस्य थिए ।
त्यतिबेला उक्त पद अहिलेको राष्ट्रिय सभा वा प्रतिनिधिसभाकै हैसियतको मानिन्थ्यो । बुवाकै राजनीतिबाट दिक्षित लोकमणि गिरीपनि लोकतन्त्रकै पक्षमा लडिरहे । सरल र सालिन स्वभावका धनि गिरी नेपाली काँग्रेस भित्र भने जहिलै अभिभाबकिय भूमिकामा थिए । क्रियासिल सदस्य उनी काँग्रेसको राजनीतिमा कहिलै लाभको पदका लागि लडाई लडेनन् ।नेपाली काँग्रेस भित्र संधै अभिभावकीय भूमिका निर्वाह गरेका गिरी र उनको परिवारको राजनीतिमा ठूलो योगदान छ ।
लोकमणि गिरी राप्ती तत्कालिन समयमा राप्ती अञ्चल पञ्चायत निरिक्षण अधिकारी, अञ्चल निर्देशन अधिकारी, तत्कालिन पञ्चायतमा युवा संगठनको केन्द्रीय सदस्य हुँदै पूर्व राष्ट्रिय पञ्चायत सदस्य समेत भएका थिए ।
प्रदेश सभा सदस्य शंकर गिरीका अनुसार २०३५ सालको निर्वाचनमा लोकमणि गिरी दाङबाट राष्ट्रिय पञ्चायतमा निर्वाचित भएका थिए । त्यो बेला ४ जना माननियहरुले जनमत संग्रहमा बहुदलको पक्षमा समर्थन गरेका थिए ।
चितवनका भिमप्रशाद श्रेष्ठ, बाग्लुङका कुलराज शर्मा, पर्साका राधाकृष्ण कलवार र दाङका लोकमणि गिरीले राष्ट्रिय सभा सदस्य हुँदाहुँदै बहुदलको पक्षमा समर्थन जनाएका थिए । सिंहदरवार ग्यालरीमा स्वर्गिय गिरीले बहुदलको समर्थन गरेर बहुदलकै पक्षमा लागेपछि संसद भवन भित्रै गिरीमाथि पञ्चहरुले कुटपिट गरेको प्रदेश सभा सदस्य गिरीले बताए ।
गिरीको असामहिक निधनप्रती नेकपाका स्थायी कमिटि सदस्य शंकर पोखरेलले दुख ब्यक्त गरेका छ्न । लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेलले भनेका छन-` पुराना राजनीतिज्ञ लोकमणी गिरीको निधनले दुखित छु,दाङ जिल्लावाट राष्ट्रिय पंचायतका सदस्य समेत हुनुभएका गिरीजी प्रति भावपूर्ण श्रद्धान्जली । नेकाका नेता तथा मित्र दिपक गिरी लगायत शोकसन्तप्त परिवाजनमा गहिरो समवेदना ।´

राप्ती प्रतिष्ठानमा नसा खुम्चिएकि ७५ बर्षिय बृद्धा बिरामीको सफल अप्रेसन !

दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा डल्ला परेका नसाहरुको सफल अप्रेसन गरिएको छ । घोराहीकि ७५ बर्षिय एक बृद्धाको खुट्टाको भागमा नसा डल्लो परेर बिरामी भएपछि त्यसको शल्यकृया गरिएको हो । प्रतिष्ठानका चिकित्सक सर्जन डा. विशाल आचार्य र बिर हस्पिटल काम गरिसकेका सर्जन डा. रबि आचार्य नेतृत्वको नर्श, एनेस्थेसियासहितको स्वास्थ्यकर्मिको...

एमालेमा फर्केपछि दाङका मेटमणि चौधरि र हिराचन्द्र केसिले भने- ओलि प्रबृत्ति विरुद्ध डटेर लड्छौ !

घोराही । दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तत्कालीन एमालेका मेटमणी चौधरी माधबकुमार नेपालका निकटस्थ सांस्द हुन् । नेकपामा आएको बैचारिक बिभाजन पश्चात चौधरी दाङमा केपी शर्मा ओलीका सबै भन्दा ठूला आलोचक बने । केपी ओली समूहसंगको सम्बन्धै समाप्त भैसकेको बताउँदै आएका सांसद चौधरी लाई पुनः उनै ओलीसंगै...

दाङमा प्रहरीको विद्यार्थी लक्षित चेकजाँच अभियान सुरू

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले कलेज पढ्न आउने विद्यार्थी लक्षित चेकजाँच अभियान सुरू गरेको छ ।  दाङ जिल्लामा दुर्घटना न्यूनिकरणका लागि विद्यार्थीहरूलाई लक्षित एम्वुसिङ अभियान सञ्चालन गरिएको हो । दुर्घटनाको दरमा वृद्धि हुन नदिन र चालक अनुमतिपत्रविना सवारी साधन चलाउने विभिन्न कलेज क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूलाई चेकजाँच गर्न लागिएको जिल्ला...

दाङमा ओलि समुहले पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राख्यो !

दाङ, २४ फागुन । सर्वाेच्च अदालतको फैसलापछि उत्साहित बनेको नेकपा ओली समूहका कार्यकर्ताले लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला दाङमा नेकपा एमालेको कार्यालय स्थापना गरेका छन् । सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि सोमबार नेकपा ओलि समुहकि केन्द्रिय सदस्य मेनका पोखरेल र सो समुहका जिल्ला अध्यक्ष...

प्रधानमन्त्री कुन पार्टीको भनेर सोधेपछि भिम रावललाई शंकर पोख्रेलको कडा जवाफ

दाङ- सांसद भीम रावलले संसदमा ‘प्रधानमन्त्री कुन पार्टीको’ भनेर सोधेको प्रश्नमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले कडा जवाफ फर्काएका छन । उनले सामाजीक सन्जाल फेसबुकमा लेख्दै भनेका छन-`सम्मानित सर्वोच्च अदालतले प्रधानमन्त्री चयन हुदाको अवस्थातर्फ नै फर्काएको हुदा प्रधानमन्त्री कुन पार्टीको भनेर सोधीरहनै परेन ।´ Related posts: जटिल खाले सबैजसो अप्रेसन...

पढ्नु नबिर्सिनुहोला