728x90-sample.png

तोकिएका मापदण्ड अव्यवहारिक-राप्ती क्रसर ब्यबसायी महासंघका अध्यक्ष मिनबहादुर शाहि

Share

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on reddit
Reddit
Share on whatsapp
WhatsApp
सरकारले क्रसर उद्योगहरूको अनुगमन गरी मापदण्ड विपरीत सञ्चालनमा रहेका रहेका उद्योगलाई कानुनको दायरामा ल्याउने कोसिस गरेको छ । यसमा हामी नीतिसम्वत् सञ्चालनमा रहेका उद्योगी व्यवसायीलाई ठिकै लागेको छ ।

राज्यको नीति र विधिभन्दा माथि कोहि पनि जान सक्दैन् । सरकारले ल्याएको नीति अनुसार नै हामी उद्योगी व्यवसायीहरू पनि चल्नुपर्छ । दाङमा १५ दिनभित्र मापदण्ड विपरीत सञ्चालन रहेका उद्योग बन्द गर्न सरकारले निर्देशन जारी गरिकेको छ । यस्तो अवस्थामा हामीले पनि सरकालाई पूर्णरूपमा सहयोग गर्न तयार छौँ । तर सरकारले पनि व्यवसायीका विभिन्न समस्यालाई सम्बोधन गरिदिनुपर्छ ।

क्रसर उद्योगका लागि तोकिएका मापण्ड व्यवहारिक छदैछैनन् भन्दा पनि हुन्छ । ति सबै कुराको मापदण्ड व्यवहारिक नहुँदा क्रसर उद्योग जहिले पनि मापदण्ड विपरीत सञ्चालनमा रहेको भनेर खबर आउने गरेका छन् । क्रसर उद्योग अरू उद्योगजस्तो चलाउन सहज छैन् ।

सरकारी अहिलेको मापदण्ड भनेको खोलाको किनारबाट पाँच सय मिटर, वनबाट दुई किलोमिटर, विद्यालय वा कलेजबाट दुई किलोमिटर, सुरक्षा निकायबाट दुई किलोमिटर भन्ने मापदण्ड अलि व्यवहारिक भएनन् कि भन्ने लागेको छ । यि सबै मापदण्ड पालना गर्दा उद्योग कहाँ स्थापना गर्ने भन्ने नै अन्यौल हुन्छ ? त्यसकारण पनि केही मापदण्डबाहेक अरू मापदण्ड अव्यहारिक छन् भन्ने लाग्छ । तर हामीले राज्यको नीति र विधिलाई मान्दैनौँ भनेका छैनौँ । हाम्रो त आग्रह, अनुरोधमात्रै हो, ति मापदण्डलाई थप परिमार्जन गराउन सकिन्छ कि ?

उत्खनन् व्यवस्थित हुनुप¥यो, उद्योगीलाई राहत, सपोर्ट गर्ने गरी मापदण्ड घट्नुपर्छ । अब अहिले बालुवा प्रशोधन उद्योग किन क्रसर उद्योगका रूपमा सञ्चालनमा आए ? भन्ने आम मानिसको जिज्ञासा छ । यसले गर्दा करोडौ करोड राजस्व सरकारले गुमाउनुपरेको छ भन्ने छ । यसमा विषेशगरी कुरा के हो ? भने सरकारले २०७२ सालको विनाशकारी भूकम्पका कारण तत्काल विकास निर्माणका काम अघि बढाउनुपर्ने भएपछि सरकारले बालुवा उद्योगलाई सेवामूलकको उद्देश्यमा काम गर्नुप¥यो ।

नर्निर्माण गर्नुपर्ने धेरै भएका कारण पनि सरकारले क्रसर उद्योगको जस्तो मापदण्ड नतोकेर केही खुकुलो बनाएर बालुवा प्रशोधन उद्योग सञ्चालन गर्न दिने निर्णय गरेपछि बालुवा प्रशोधन उद्योग दर्ता भए । ति बालुवा प्रशोधन उद्योग दर्ता भएपछि बालुवा उत्पादन गर्न सहज देखिएन् । किनभने धादिङ, काठमाडौं जस्तो प्रशस्त बालुवा नपाईने अवस्था भएपछि क्रसरमार्फत पनि बालुवा प्रशोधन गर्न सकिने भयो र त्यहि निरन्तर रूपमा अहिलेसम्म आएको हो ।

अहिले सरकारले ति क्रसर उद्योगलाई बन्द गर्न निर्देशन जारी गरिसकेको अवस्थामा बालुवाको मागलाई धान्न सकिन्छ या सकिदैन् भन्ने प्रश्न पनि उठेको छ । माग दिनप्रतिदिन बढिरहेको अवस्थामा सायद बालुवा प्रशोधन गर्न क्रसर उद्योगबिना पनि असम्भव देखिएको छ । तर अहिलेको १५ दिनभित्र हामीले तुरून्तै ति ढुंगा फोर्नका लागि स्थापना गरिएका क्रसर उद्योग निकाल्छौँ । अहिले अर्कोकुरा के पनि आउँछ ? भने क्रसर उद्योगले मापदण्ड विपरीत नदीजन्य पदार्थको उत्खनन् गरेका छन् भने विभिन्न तवरले आरोप आउने गरेको छ ।

म यसलाई पनि प्रष्ट पार्न चाहन्छु कुरा के हो ? भने हामीले नदीजन्य पदार्थको उत्खनन् सिधै उत्खनन् गर्ने होइन्, उत्खनन् गर्ने भनेको ठेकेदार अरू नै हुन्छन् । ति ठेकेदारलाई स्थानीय सरकारले ठेक्का दिन्छ, हामीलाई कच्चापदार्थ पु¥याउनका लागि ति ठेकेदारले अलिकति बढी नै उत्खनन् हुने गरेको छ । यस्तो कुराहरूमा सम्बन्धित निकायको ध्यान पुगोस्, अहिले त धान काट्ने मुसो, चोट पाउने भ्यागुतो भनेझैँ भएको छ ।

राप्ती प्रतिष्ठानमा नसा खुम्चिएकि ७५ बर्षिय बृद्धा बिरामीको सफल अप्रेसन !

दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा डल्ला परेका नसाहरुको सफल अप्रेसन गरिएको छ । घोराहीकि ७५ बर्षिय एक बृद्धाको खुट्टाको भागमा नसा डल्लो परेर बिरामी भएपछि त्यसको शल्यकृया गरिएको हो । प्रतिष्ठानका चिकित्सक सर्जन डा. विशाल आचार्य र बिर हस्पिटल काम गरिसकेका सर्जन डा. रबि आचार्य नेतृत्वको नर्श, एनेस्थेसियासहितको स्वास्थ्यकर्मिको...

एमालेमा फर्केपछि दाङका मेटमणि चौधरि र हिराचन्द्र केसिले भने- ओलि प्रबृत्ति विरुद्ध डटेर लड्छौ !

घोराही । दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तत्कालीन एमालेका मेटमणी चौधरी माधबकुमार नेपालका निकटस्थ सांस्द हुन् । नेकपामा आएको बैचारिक बिभाजन पश्चात चौधरी दाङमा केपी शर्मा ओलीका सबै भन्दा ठूला आलोचक बने । केपी ओली समूहसंगको सम्बन्धै समाप्त भैसकेको बताउँदै आएका सांसद चौधरी लाई पुनः उनै ओलीसंगै...

दाङमा प्रहरीको विद्यार्थी लक्षित चेकजाँच अभियान सुरू

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले कलेज पढ्न आउने विद्यार्थी लक्षित चेकजाँच अभियान सुरू गरेको छ ।  दाङ जिल्लामा दुर्घटना न्यूनिकरणका लागि विद्यार्थीहरूलाई लक्षित एम्वुसिङ अभियान सञ्चालन गरिएको हो । दुर्घटनाको दरमा वृद्धि हुन नदिन र चालक अनुमतिपत्रविना सवारी साधन चलाउने विभिन्न कलेज क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूलाई चेकजाँच गर्न लागिएको जिल्ला...

दाङमा ओलि समुहले पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राख्यो !

दाङ, २४ फागुन । सर्वाेच्च अदालतको फैसलापछि उत्साहित बनेको नेकपा ओली समूहका कार्यकर्ताले लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला दाङमा नेकपा एमालेको कार्यालय स्थापना गरेका छन् । सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि सोमबार नेकपा ओलि समुहकि केन्द्रिय सदस्य मेनका पोखरेल र सो समुहका जिल्ला अध्यक्ष...

प्रधानमन्त्री कुन पार्टीको भनेर सोधेपछि भिम रावललाई शंकर पोख्रेलको कडा जवाफ

दाङ- सांसद भीम रावलले संसदमा ‘प्रधानमन्त्री कुन पार्टीको’ भनेर सोधेको प्रश्नमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले कडा जवाफ फर्काएका छन । उनले सामाजीक सन्जाल फेसबुकमा लेख्दै भनेका छन-`सम्मानित सर्वोच्च अदालतले प्रधानमन्त्री चयन हुदाको अवस्थातर्फ नै फर्काएको हुदा प्रधानमन्त्री कुन पार्टीको भनेर सोधीरहनै परेन ।´ Related posts: जटिल खाले सबैजसो अप्रेसन...

पढ्नु नबिर्सिनुहोला