728x90-sample.png

दाङकी चेली डा. निगाता मिस नेपालको फाइनलमा

Share

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on reddit
Reddit
Share on whatsapp
WhatsApp

केएल पीडित
काठमाडौं । देशभरिका २ सय बढी प्रतिष्पर्धीहरुलाई उछिनेर दाङकी चेली डा. निगाता मिस नेपाल २०२० को फाइनलमा पुगेकी छन् ।
नेतृत्व विकास, व्यक्तित्व विकास, महिला सशक्तीकरण लगायत अन्य जीवन व्यवहार सम्बधी सीप र कलाबारे ३ महिने प्रशिक्षण सकाएकी निगाता अन्तिम तयारीका लागि आइतबारदेखि २ हप्तासम्म क्लोज क्याम्पमा जाँदैछिन् । क्लोज क्याम्पमा फाइनल राउण्डमा गरिने प्रस्तुतिकरणबारे प्रशिक्षण हुने निगाताले बताइन् ।

द हिडन टिजर्सले आयोजना गरेको मिस नेपाल २०२० मंसीर २० गते फाइनल हुँदैछ । प्रतियोगितामा विभिन्न विधासहित उपाधिका लागि निगाता कडा मिहेनत गरिरहेकी छिन् ।

घोराही १५ रतनपुर निवासी बिष्णुबहादुर केसी र ललिता केसीकी कान्छी छोरी डा. निगाता पढाइ लगायत अन्य क्षेत्रमा उत्तिकै अब्बल छिन् । कला क्षेत्रमा विशेष रुचि राख्ने निगाताले चिकित्सा विषयमा एमबिबिएस सकाएकी छिन् । वहुप्रतिभाशाली एवं आकर्षक व्यक्तित्वकी धनी २४ वर्षीया निगाताको उचाइ ५ फिट ५ इन्च छ ।
भविष्यमा छाला रोग विशेषज्ञ बनेर एसिड आक्रमण पीडितहरुको सेवा र उपचारमा संलग्न हुने डा. निगाताको लक्ष्य छ । आफ्नो लक्ष्य र सपना पूरा गर्न मिस नेपालमा सहभागी भएको बताउने निगाता प्रतियोगितामा विभिन्न बिधासहित उपाधिको लागि अन्तिम प्रतिष्पर्धा गर्दैछिन् ।
प्रतियोगिताको अन्तिम तयारी चलिरहँदा आयोजक हिडन टिजर्सले मिस पपुलर च्वाइस अवार्डको लागि मतदान खुल्ला गरेको छ । यो अवार्डका लागि निगाताले आफूलाई भोट गर्न सबैलाई अपील गरेकी छिन् । आइएमइ पे (Ime Pay app) एप डाउनलोड गरी सो मार्फत प्रतिष्पर्धी नं. ७ की निगातालाई भोट गर्न सकिन्छ ।
मिस नेपाल २०२० को फाइनलमा २१ जना प्रतिष्पर्धीहरु छन् ।

राप्ती प्रतिष्ठानमा नसा खुम्चिएकि ७५ बर्षिय बृद्धा बिरामीको सफल अप्रेसन !

दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा डल्ला परेका नसाहरुको सफल अप्रेसन गरिएको छ । घोराहीकि ७५ बर्षिय एक बृद्धाको खुट्टाको भागमा नसा डल्लो परेर बिरामी भएपछि त्यसको शल्यकृया गरिएको हो । प्रतिष्ठानका चिकित्सक सर्जन डा. विशाल आचार्य र बिर हस्पिटल काम गरिसकेका सर्जन डा. रबि आचार्य नेतृत्वको नर्श, एनेस्थेसियासहितको स्वास्थ्यकर्मिको...

एमालेमा फर्केपछि दाङका मेटमणि चौधरि र हिराचन्द्र केसिले भने- ओलि प्रबृत्ति विरुद्ध डटेर लड्छौ !

घोराही । दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तत्कालीन एमालेका मेटमणी चौधरी माधबकुमार नेपालका निकटस्थ सांस्द हुन् । नेकपामा आएको बैचारिक बिभाजन पश्चात चौधरी दाङमा केपी शर्मा ओलीका सबै भन्दा ठूला आलोचक बने । केपी ओली समूहसंगको सम्बन्धै समाप्त भैसकेको बताउँदै आएका सांसद चौधरी लाई पुनः उनै ओलीसंगै...

दाङमा प्रहरीको विद्यार्थी लक्षित चेकजाँच अभियान सुरू

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले कलेज पढ्न आउने विद्यार्थी लक्षित चेकजाँच अभियान सुरू गरेको छ ।  दाङ जिल्लामा दुर्घटना न्यूनिकरणका लागि विद्यार्थीहरूलाई लक्षित एम्वुसिङ अभियान सञ्चालन गरिएको हो । दुर्घटनाको दरमा वृद्धि हुन नदिन र चालक अनुमतिपत्रविना सवारी साधन चलाउने विभिन्न कलेज क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूलाई चेकजाँच गर्न लागिएको जिल्ला...

दाङमा ओलि समुहले पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राख्यो !

दाङ, २४ फागुन । सर्वाेच्च अदालतको फैसलापछि उत्साहित बनेको नेकपा ओली समूहका कार्यकर्ताले लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला दाङमा नेकपा एमालेको कार्यालय स्थापना गरेका छन् । सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि सोमबार नेकपा ओलि समुहकि केन्द्रिय सदस्य मेनका पोखरेल र सो समुहका जिल्ला अध्यक्ष...

प्रधानमन्त्री कुन पार्टीको भनेर सोधेपछि भिम रावललाई शंकर पोख्रेलको कडा जवाफ

दाङ- सांसद भीम रावलले संसदमा ‘प्रधानमन्त्री कुन पार्टीको’ भनेर सोधेको प्रश्नमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले कडा जवाफ फर्काएका छन । उनले सामाजीक सन्जाल फेसबुकमा लेख्दै भनेका छन-`सम्मानित सर्वोच्च अदालतले प्रधानमन्त्री चयन हुदाको अवस्थातर्फ नै फर्काएको हुदा प्रधानमन्त्री कुन पार्टीको भनेर सोधीरहनै परेन ।´ Related posts: जटिल खाले सबैजसो अप्रेसन...

पढ्नु नबिर्सिनुहोला